१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


बागलुङमा लागु पदार्थसहित एक जना पक्राउ


0
Shares

बागलुङ । निसीखोलाबाट प्रहरीले लागु पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

निसीखोला गाउँपालिका लुर्पावाङ घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई गाँजा राखेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको हो । पक्राउ गरिएका घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ ।