११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


जनकपुर विमानस्थलमा ‘रिफ्युलिङ स्टेसन’ सन्चालनमा


0
Shares

जनकपुरधाम, साउन १० । जनकपुर विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ स्टेसन’ सन्चालनमा ल्याइएको छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बुद्ध एअरको विमानमा हवाई इन्धन राखेर रिफ्युलिङ स्टेसनको उद्घाटन गरे ।

यो स्टेसनमा तत्कालका लागि अस्थायी ट्यांकरमै इन्धन ‘स्टक’ राखिएको छ ।

विस्तारै आवश्वयक पूर्वाधारसहितको ‘स्टोर ट्यांक’ स्थापना गरिने बताइएको छ । स्टोरेज ट्यांक निर्माण हुन कम्तीमा दुई वर्ष लाग्नेछ ।

जनकपुर विमानस्थलमा रिफ्युलिङ स्टेसन नहुँदा काठमाडौं, विराटनगर र भैरहवाबाट इन्धन ल्याउनुपर्ने अवस्था थियो ।

स्थायी स्टोर स्थापनाका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणले डिपो निर्माण गर्न नेपाल आयल निगमलाई पाँच कट्ठा जग्गासमेत उपलब्ध गराएको छ ।

१४० किलोलिटर क्षमताको डिपो दुई वर्षभित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडि बढाइने जनाइएको छ ।

स्टेसन उद्घाटनपछि गरिएको कार्यक्रममा बोल्दै मन्त्री यादवले जनकपुरधाम विकासका लागि आवश्यक पूर्वाधारहरुमध्ये रिफ्युलिङ स्टेसन पनि एक पूर्वाधार रहेको बताए ।