१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


संसद बैठक यसकारण लामो समयसम्म स्थगित ? (भिडियो)


0
Shares

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नगरेसम्म संसद चल्न नदिने अडान नछाडेपछि बिहीबार पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

डा. केसी अनशनसरत् स्थान जुम्लामा भएको प्रहरी धरपकडको सम्बन्धमा संसदमा कुरा राख्ने तयारी गरेपपछि बैठकै नराखी स्थगित गरिएको आरोप विपक्षीले लगाएको छ ।

डा. केसीको माग पूरा गर्नुपर्ने अडानसहित केही दिनयता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बिहीबारको संसद बैठक पनि आफ्ना माग मान्न तयार नभए अरु विपक्षी दलकोसमेत सहयोग लिएर अवरुद्ध गर्ने तयारी कांगेसको थियो ।

तर, सत्तारुढ दलले विपक्षीले बैठक चलाउन नदिने हो भने उसका कुरा राख्नेगरीमात्रै बैठक सन्चालन गर्नुको अर्थ नहुने भन्दै सभामुख कृष्णबहादुर महरालाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यो विषयमा दुवै पक्षको आ–आफ्नै दाबी थियो ।

सभामुख महराले भने बैठक सूचना टाँसेर यही साउन ११ गतेसम्मका लागि स्थगित गरिदिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले  डा. केसीको जीवनरक्षाका लागि संसदमा कुरा उठाइरहेका बेला सूचना टाँसेर संसद स्थगित गर्नु निरंकुशवादी चरित्र भएको बताए ।

जुम्लामा अस्पतालभित्रै भएको प्रहरी दमनको विरोध, डा. केसीका माग सम्बोधनलगायतका विषयमा आफूहरुले कुरा राख्न खोज्दा बैठक नै स्थगित गरिएको खाँणले बताए ।

तर, सत्तारुढ दलका सांसद कृष्णभक्त पोखरेलले भने कांग्रेसले अनावश्यक मुद्दामा हात हालेको भन्दै संसदको अधिकारमाथि हनन् गरेको आरोप लगाए ।

भिडियो हेर्नुहोस्