Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


गुठीमार्फत कला, सम्पदा संरक्षण गर्ने मेयर शाक्यको प्रतिबद्धता


0
Shares

काठमाडौं, साउन १० । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयकलाई समयानुकूल संशोधन गरिने बताएका छन् ।

गुठी विधेयकबारे आज काठमाडौंमा गरिएको कार्यक्रममा मेयर शाक्यले गुठीमार्फत कला, सम्पदाको संरक्षण गरिने बताए ।

गुठीको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै उनले गुठी संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने पनि बताए । कला, संस्कृतिको ऐतिहासिकता बचाइ राख्न संरक्षण र मर्मत गर्नु आवश्यक भएकाले महानगरपालिकालाई सहयोग गर्न उनले अपीलसमेत गरे ।

कार्यक्रमका सहभागीहरुले भने ऐतिहासिक कला, संस्कृति लोप हुँदै गएको भन्दै संरक्षणमा जुट्न महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।