
नुवाकोट, साउन १० । किसानले परीक्षण गर्दै सुरु गरेको चिया खेतीले नुवाकोटमा व्यावसायिक रुप लिएको छ ।
एक दशक अघि नुवाकोटको म्यागङ गाउँपालिकाका जगत तामाङले ईलाम घुम्न जाँदा ल्याएका केही बिरुवाले अहिले व्यावसायिक रुप लिएको हो । विशेष गरी इलाम र झापामा गरिने चियाखेती पछिल्ला दिनमा नुवाकोटका किसानले पनि व्यावसायिक रुपमै गर्न थालेका छन् ।
नुवाकोटको हावापानी चिया खेतीका लागि अनुकूल देखिएपछि यसको खेती गर्न किसानहरु उत्साहित भएर लागेका छन् । नुवाकोटका उच्च भागमा रहेको जग्गाको हावापानी चियाखेतीका लागि अनुकूल हुने निष्कर्षसहित म्यागङमा २०५७ सालमा चियाको परीक्षण खेती सुरु भएको थियो ।
एक हजारभन्दा बढी रोपनीमा चिया खेती फैलिएको छ । तर उत्पादनसँगै चिया कृषकलाई बजारको समस्याले भने पिरोलेको बुङताङ अर्थोडक्स चिया समूहका संयोजक सेल्कोर तामाङले बताए ।
प्रशोधित अर्थोडक्स चियाको मूल्य बढी पर्ने भएकाले स्थानीय बजारमा यसको माग नहुँदा चिया किसान समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्