‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै • Image Khabar Image Khabar


‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै


रासस
२८ कार्तिक २०७७, शुक्रबार १९:५३

‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै

काठमाडौं, कात्तिक २८ । यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ ।

सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो ।

अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ । ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उहाँले बताउनुभयो ।

अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ ।

विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो ।

अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ ।

सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्