ललितपुरमा अपाङगतामैत्री फुटपाथ निर्माण • Image Khabar Image Khabar


ललितपुरमा अपाङगतामैत्री फुटपाथ निर्माण


Imagekhabar
२८ कार्तिक २०७७, शुक्रबार १८:४२

ललितपुरमा अपाङगतामैत्री फुटपाथ निर्माण

काठमाडौं, कात्तिक २८ । एशियन कंक्रिटो प्रा.लीले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङगतामैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ ।

हरिहर भवनदेखि एनएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नै उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एशियन कंक्रिटो कम्पनीकोे सम्पूर्ण लगानी रहेको फुटपाथ निर्माणमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताउनुभयो ।

महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झौता गरी अगाडी बढ्ने पनि बताउनुभयो ।

कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताउनुभयो ।

वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरिय उत्पादन र नयाँ प्रविधि नै रहेको उहाँले बताउनुभयो ।

कम्पनीले १९ लाख ५८ हजारको लगानीमा फुटपाथ निर्माण गरेको हो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक मनोज केडियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्