३० असार २०८२, सोमबार | Mon Jul 14 2025


आप्रवासी सवार डुंगा डुब्दा ११५ जना बेपत्ता


0
Shares

लिबिया, साउन १० । अफ्रिकी मुलुक लिबियाको तटीय क्षेत्रमा आप्रवासी बोकेको एउटा डुंगा डुब्दा कम्तिमा ११५ जना बेपत्ता भएका छन् ।

डुंगामा सवार १३४ जनाको उद्धार गरिएको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता एकको भने शव भेटिएको छ । करिब २५० आप्रवासी बोकेको डुंगा दुर्घटनामा परेको हो ।

डुंगामा सवार अधिकांश अफ्रिकी र अरबी मुलुकका आप्रवासी भएको बताइएको छ ।

लिबियाको राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटर टाढा रहेको एक शहरबाट ठूलो संख्याका आप्रवासीहरु भूमध्यसागर पार गर्न डुंगामा चढेका थिए । सबै आप्रवासी एउटै डुंगामा थिए कि फरक–फरक डुंगामा चढेका थिए भन्ने खुलेको छैन ।

गत मेमा ट्युनिसियाको तटीय क्षेत्रमा पनि डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो । 

प्रत्येक वर्ष हजारौं आप्रवासी गैरकानुनीरुपमा भूमध्यसागर पार गर्ने प्रयास गर्दछन् । त्यस क्रममा सयौंको मृत्यु हुने गरेको छ । यसरी गैरकानुनी रुपमा भूमध्यसागर पार गर्न खोज्नेहरु अधिकांश लिबियाली शरणार्थी हुने गरेका छन् ।