
इलाम, साउन ९ । इलाममा तयारी चियाको गुणस्तर परीक्षणकाक्रममा झन्झट व्यहोर्नुपरेकाले भारतमा चिया निकासी गर्दा थप समस्या भएको व्यवसायीले बताएका छन् ।
पूर्वीपहाडी जिल्लामा उत्पादित ८० प्रतिशत ‘अर्थोडक्स’ चियाको बजार भारत हो ।
भारतको कोलकाता भएर नेपाली चिया त्यहाँको बजार पुग्ने गरेको छ ।
नेपाली ‘ट्रेडमार्क’मा भारत जाने चियामा सीमानाकादेखि नै झन्झट सुरु हुने गरेको छ ।
सबै व्यवसायीले आफ्नो कारखानाको उत्पादन भारतीय बजारमा पुर्याउँदा सेन्ट्रल ट्रेड ल्याब (सीएफएल) अनिवार्य गराउनुपर्ने प्रावधान छ । हरेक ६ महिनामा प्रत्येक कारखानाले आफ्नो उत्पादनको जाँच गराउनुपर्छ ।
एउटा नमुना परीक्षणको रिपोर्ट आउन १२ देखि १५ दिनसम्म कुर्नुपर्छ । ‘लोड’ भएको गाडी राख्न पनि पानीट्यांकीमा १५०० भारतीय रुपैयाँ तिर्नुपर्दा खर्च अत्यधिक बढेको व्यवसायीको भनाइ छ ।
सीएफएलबाहेक पछिल्लो समय व्यवसायीले ‘अनलाइन सिस्टम’को पनि झमेला व्यहोर्नुपरेको छ ।
नेपालको सीमा पार गरेपछि पानीट्यांकी नाकामा थप पाँच दिन गाडी रोकिँदा व्ययवसायी मारमा परेको कन्यामका चियाउद्यमी महेश अर्यालले बताए ।
अर्ग्यानिक प्रमाणित चिया नेपालबाट जर्मनी, जापान, अमेरिका, चीनलगायतका देशमा पनि निर्यात हुने गरेको छ ।
इलामसहित पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा चिया उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्