११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


मौद्रिक नीतिलाई कार्यान्वयनमुखी बनाइनुपर्छ : अर्थविद्


0
Shares

काठमाडौं, साउन ९ । अर्थविद्हरुले मौद्रिक नीतिलाई कार्यान्वयनमुखी बनाइनुपर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न सहयोग पुर्‍याउने अर्थविद्हरु बताउँछन् ।

यस वर्षको मौद्रिक नीतिमा बैंकहरुले वैदेशिक लगानी पनि ल्याउन पाउने व्यवस्था गरेकाले अर्थतन्त्रमा उत्साह थप्ने अर्थविद् डा. भवानीप्रसाद ढुंगाना बताउँछन् ।

उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गरी गैरव्यावसायिक क्षेत्रमा कर्जा प्रवाह कम गर्ने यस व्यवस्थालाई कार्यान्वयनमुखी भने बनाइनुपर्ने उनको भनाइ छ ।

अर्का अर्थविद् केशव आचार्य यस वर्षको बजेट र मौद्रिक नीति विस्तारकारी रहेकाले व्यापार घाटा थप बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने बताउँछन् ।