११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


नेप्से १४ अंकले ओरालो


0
Shares

काठमाडौं, साउन ९ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट पुँजीबजार दोहोरो अंकले ओरालो लाग्यो ।

साताको अन्तिम दिन बिहीबार उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागि १२ सय ६९ मा आइ थामियो ।

पछिल्ला दुई दिन सामान्य अंकले सकारात्मक रहेको नेप्से बिहीबार पुनः ओरालो लागेको हो । कारोबार भने केही बढ्यो ।

यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो ।

यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८४ अंकले ओरालो लाग्दा जीवनबिमा समूह ५३ अंक र होटल समूह पनि ३२ अंकले ओरालो लाग्यो ।

यसदिन १७१ कम्पनीका २१ लाख ९८ हजार कित्ता सेयर ५५ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।