११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम…’ वाक्यांश हटाउनुपर्ने र हटाउन नहुनेबीच मतभेद


0
Shares

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य समितिले प्रस्तावित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ को प्रस्तावनामा सांसदहरुबीच सहमति जुटाउन सकेको छैन ।

विधेयकको दफावार छलफलका लागि बिहीबार बसेको समितिको बैठकले प्रस्तावनामा सहमति जुटाउन नसकेपछि पुनः छलफल गर्ने भएको छ ।

समिति सदस्यहरुबीच ‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा यो ऐन बनाइएको छ’ भन्ने वाक्यांश हटाउनुपर्ने र हटाउन नहुनेबीच मतभेद भएको हो ।

सहमति जुट्न नसकेपछि समिति सभापति बिमल श्रीवास्तवले आगामी बैठकले प्रस्तावना टुंग्याउने भन्दै दफावार छलफलमा लगेका थिए ।

यस्तै, बिहीबार पनि विकास तथा प्रविधि समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

बिहीबारको बैठकले विधेयकको दफा १ देखि ५ सम्म संशोधनसहित पारित गरेको छ ।