काठमाडौं, साउन ९ । ‘प्रि–सिजन टुर’अन्तर्गत्को इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ ।
बिहीबार संघाइमा भएको खेलमा म्यानयुले प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई २–१ ले हराएको हो ।
म्यानयुका लागि एन्थोनी मार्सियल र एन्जल गोमेजले एक/एक गोल गरे । टोटनह्यामका लुकास मौराले एक गोल फर्काए ।
नयाँ सिजनको सुरुआतअघि प्रिसिजन तयारी गर्न एसिया भ्रमणमा रहेका दुवै टोली अहिले चीनमा छन् ।








प्रतिक्रिया दिनुहोस्