Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


फिफा विश्व वरीयतामा नेपाल एक स्थान झर्‍यो


0
Shares

काठमाडौं, साउन ९ । फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको हो ।

यसअघि, नेपाल १६५औं स्थानमा थियो ।

दक्षिण एसियाली राष्ट्रहरुबीचमा भने नेपाल तेस्रो स्थानमा छ ।

नेपालभन्दा माथि भारत १०३औं र माल्दिभ्स १५२औं स्थानमा रहेका छन् ।

बंगलादेश १८२औं, भुटान १८६औं, श्रीलंका २००औं र पाकिस्तान २०४औं स्थानमा रहेका छन् ।

फिफाले २११ राष्ट्रलाई वरीयतामा राख्दै आएकामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा रहेका छन् ।

सान मारिनो वरीयताको पुछार २११औं स्थानमा रहेको छ ।