२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लिम्चुङबुङ र ताप्लीका पहिरोपीडितलाई हेलिकोप्टरमार्फत् खाद्यान्न ढुवानी


0
Shares

विराटनगर, साउन ९ । प्रदेश नम्बर–१ सरकारले डेढ साताअघिको बाढी–पहिरोले क्षति पुर्‍याएको उदयपुरका लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरमार्फत् खाद्यान्न ढुवानी सुरु गरेको छ ।

लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका लागि आवश्यक खाद्यान्न सामग्री प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरेको हो ।

ती दुई गाउँपालिकामा गएको असार २६ गतेदेखि खाद्यान्न अभाव भएको थियो ।

पहिरोका कारण ग्रामीण सडक क्षतिग्रस्त भएपछि व्यापारीलेसमेत खाद्यान्न ढुवानी गर्न सकेका थिएनन् ।

स्थानीय तहको आग्रहमा बिहीबारदेखि ती गाउँपालिकामा हेलिकोप्टरमार्फत् खाद्यान्न ढुवानी सुरु गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

पीडितहरुलाई एक साताका लागि निःशुल्क खाद्यान्न वितरण गरिने जनाइएको छ ।