२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नवलपुरमा ८४ करोड २९ लाख बढी बजेट फ्रिज


0
Shares

नवलपुर । नवलपुर जिल्लामा आर्थिक वर्ष २०७५/७६ का लागि केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त पुँजीगत तथा चालुतर्फको गरी कुल बजेटमध्ये ८४ करोड २९ लाख ५० हजार ६ सय ७३ रुपैयाँ फ्रिज भएको छ ।

जिल्लालाई ५ अर्ब ७७ करोड ६४ लाख १८ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यसमध्ये ४ अर्ब ९३ करोड ३४ लाख ६७ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख मोहनशरण भण्डारीले जानकारी दिए ।

नवलपुर जिल्लामा यस पटक प्रदेश सरकारबाट प्राप्त पुँजीगत रकमको आधामात्रै खर्च भएको छ ।

कुल १ अर्ब १० करोड ५ लाख ६३ हजार रुपैया विकासका लागि आएको रकमको जिल्लामा ४९ दशमलव ३१ प्रतिशत मात्रै खर्च भएको हो ।

अर्थात् ५४ करोड २६ लाख ५१ हजार ७ सय ८९ रुपैया खर्च भएको देखिन्छ भने ६ करोड ७६ लाख ८० हजार २ सय २ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरका प्रमुख भण्डारीले बताए ।

प्रदेश सरकारबाट प्राप्त चालु खर्च भने ७५.५२ प्रतिशत सकिएको छ । २७ करोड ६४ लाख ९६ हजार ७ सय ६३ रुपैयाँ प्राप्त भएको रकमको २० करोड ८८ लाख १६ हजार ५ सय ६० रुपैयाँ निकास भई खर्च भएको हो ।

५५ करोड ७९ लाख ११ हजार २ सय ११ रुपैयाँ फ्रिज भएको भण्डारीले बताए ।

भण्डारीका अनुसार प्रदेश सरकारको व्यवस्थापनमा ढिलाइ हुनु र कर्मचारीको समायोजनको समस्याका कारण पर्याप्त खर्च हुन नसकेको बताए ।