
काठमाडौं, साउन ८ । बुधबार पनि सेयरबजार सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ७ अंकले उकालो लागेर १२ सय ८४ पुग्यो ।
कारोबारमा पनि पछिल्ला दिनका तुलनामा सामान्य सुधार आयो । उत्पादनमूलक र वित्त समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६८ अंकले उकालो लाग्यो । होटल समूहमा पनि ४० अंकको वृद्धि आयो । लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिँदा अरु भने सामान्य अंकले सकारात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १३ लाख ४६ हजार कित्ता सेयर ४४ करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्