
परासी, साउन ८ । पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीले सेवाग्राहीको काममा ध्यान नदिएको भन्दै सर्वसाधारण सडकमा उत्रिएका छन् ।
एउटा कामका लागि १५–२० दिन धाउँदासमेत काम नभएको भन्दै आक्रोशित बनेका सेवाग्राहीहरुले बुधबार मालपोत कार्यालयमा तालाबन्दी गरी सदरमुकाममा प्रदर्शन गरेका हुन् ।
‘टोकन’ प्रणाली लागू गरेपनि प्रभावकारी नभएको गुनासोसमेत सेवाग्राहीहरुले गरेका छन् ।
उता, मालपोत प्रमुख नवीनकुमार अधिकारीले भने कर्मचारी अभावका कारण अनलाइन सेवाबाट काम गर्न ढिला भएको तर्क गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्