
काठमाडौं, साउन ८ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक गर्दैछ ।
गभर्नर डा. चिरञ्जीवी नेपालले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने बैंकले जनाएको छ ।
बुधबार बिहान बसेको राष्ट्र बैंक सन्चालक समितिको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेसँगै सार्वजनिक गर्न लागिएको हो ।
साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बजेटको लक्ष्यलाई सहयोग गर्नेगरी मौद्रिक नीति सार्वजनिक हुनेछ । नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिनेछ ।
आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्न लागेका गभर्नर नेपालले ‘बिग मर्जर’का लागि सहुलियत ‘प्याकेज’ घोषणा गर्ने बताइएको छ ।
‘क’वर्गका वाणिज्य बैंक मर्जरमा गए ब्याजको ‘स्प्रेड’दर पाँच प्रतिशतसम्म कायम गर्नसकिने, प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सन्चालकको ‘कुलिङ पिरियड’मा पनि छुट दिइने स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्