राजापुर नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री वितरण • Image Khabar Image Khabar


राजापुर नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री वितरण


Imagekhabar
२४ कार्तिक २०७७, सोमबार १८:२५

राजापुर नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री वितरण

बर्दिया, कात्तिक २४ । बर्दियाको राजापुर नगरपालिका वडा ८ कार्यलयले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।

वडामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै स्थानीयबासिन्दाहरुको स्वास्थ्य जाँच गर्न मुटुको धड्कन र अक्सीजन नाप्ने (पल्स अक्सीमिटर) र ज्वरो नाप्ने (थर्मल गन) स्वास्थ्य सामग्री वितरण गरिएकोे हो ।

कोरोनाको जोखिम र लक्षण भएका बिरामि बढेकाले स्वास्थ्य जाँचका लागि सामग्री बितरण गरिएको वडा अध्यक्ष चिन्तामणी आचार्यले बताउनुभयो ।

आफुले पाएको स्वास्थ्य सामग्रीले टोल टोलमा परीक्षण गरिने महिला स्वास्थ्य सेविकाहरुले बताएका छन् ।

वडा कार्यलयले यसअघि सामाजिक दायित्व स्वरुप छोरी जन्माउने सुत्केरी आमालाई ५ हजारका दरले सुत्केरी खर्च वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्