११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


कन्चनपुर भन्सार कार्यालयको राजस्व बर्षेनी घट्दै


0
Shares

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालयको राजस्व बर्सेनि घट्दै गएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ४० करोड १२ लाख राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले ३६ करोड ६७ लाख अर्थात लक्ष्यको ९१ प्रतिशत मात्रै संकलन गरेको छ ।

सरकारले ल्याएको विभिन्न अनलाइन सिस्टम र भारतबाट आयात हुने तरकारी तथा फलफूलमा लगाइएको रोकका कारण लक्ष्य पूरा गर्न नसकिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।

विगतको तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा कम मात्रामा सामान भित्रिएकाले पनि सरकारले तोकेअनुसारको लक्ष्य पूरा गर्न नसकिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए ।

उनले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २३ प्रतिशतले राजस्व वृद्धि भएको भन्दै भन्सारको अनुपातमा वार्षिक लक्ष्य ठूलो भएको बताए ।

आर्थिक वर्ष २०७३/७४ मा भने १७ करोड ३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले २४ करोड ७७ लाख संकलन गरेको थियो ।