
बझाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि विनियोजित बजेटले बझाङमा गोरेटो बाटो पिच गरिएको छ ।
५ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ गुरेलथुका सबै गोरेटो बाटो पिच गरेको हो ।
वर्षाको समयमा गोरेटो बाटो हिलाम्य हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको थियो । बाटो पिच भएपछि सहज भएको स्थानीले बताएका छन् ।
अहिले गाउँका बाटो सुन्दर र सफा देखिन थालेका छन् । विनियोजित बजेटको दिगोरुपमा सदुपयोग भएको गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नैनबहादुर बोहोराले दाबी गरे ।
कतिपय स्थानमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै आलोचना भइरहेका बेला बझाङको छविस पाथिभेरा गाउँपालिकाले गरेको काम उदाहरणीय मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्