११ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025


‘मेगा बैंक ‘मर्जर’मा जान तयार’


0
Shares

काठमाडौं, साउन ७ । मेगा बैंकले नेपाल राष्ट्र बैंकको नीतिलाई आत्मसात गर्दै ‘मर्जर’मा जानका लागि तयार रहेको जनाएको छ ।

बैंकको मंगलबार काठमाडौंमा भएको ९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले आफ्नो सोच र सामिप्यता मिल्ने बैंकसँग ‘मर्जर’मा जानका लागि तयारी गर्न मर्जर कमिटी पनि बनाइसकेको बताए ।

राष्ट्र बैंकले ल्याएको नीतिअनुसार वाणिज्य बैंकहरु मर्जरमा जाँदा चुक्ता पुँजीमा पनि वृद्धि हुने भएकाले सोहीअनुसार कर्मचारी व्यवस्थापन र सन्चालक समितिको संख्या बढाउनुपर्ने उनको भनाइ थियो ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले बैंकले एक दशकमै अरु बैंकहरुको तुलनामा प्रगति गर्न सफल भएको बताइन् । बैंकले प्रविधिमा पनि जोड दिइरहेको उनको भनाइ थियो ।

बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर ८२ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । यसैगरी, कर्जा प्रवाह १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको छ ।

बैंकले आफ्नो शाखा विस्तार गर्दै देशैभर १०२ शाखा र एटीएमको संख्या पनि १०२ नै पुर्‍याएको जनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा ‘एक शाखा एक छोरी छात्रवृत्ति’को सुरुआत गरेको छ ।