१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


सेयरबजारमा सामान्य सुधार


0
Shares

काठमाडौं, साउन ७ । मंगलबार पनि सेयरबजारमा सामान्य सुधार आयो ।

अघिल्लो दिन अढाइ अंकले सकारात्मक रहेको नेप्से यसदिन उतार–चढावबीच करिब ६ अंक बराबरले उकालो लागेर १२ सय ७७ पुग्यो ।

कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहे ।

निर्जीवन बिमा, लघुवित्त, वाणिज्य बैंक, जीवनबिमा, विकास बैंक, वित्त र सामूहिक लगानी कोष सकारात्मक रहे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ३८ अंकले र लघुवित्त समूह २८ अंकले बढे भने अरु सामान्य अंकले हरियो रहेका हुन् । उत्पादनमूलक, होटल, जलविद्युत् र अन्य समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका साढे १४ लाख कित्ता बराबर सेयर जम्मा ३७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।