
बारा, साउन ७ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतीय राजदूत मन्जीवसिंह पुरीले अवलोकन गरेका छन् ।
उनीहरुको साथमा भारतीय आयल निगमका पदाधिकारीहरु पनि रहेका थिए ।
निरीक्षणपछि मन्त्री यादवले नेपालको इतिहासमा पहिलोपल्ट निर्धारित् अवधिभन्दा पहिल्यै आयोजना निर्माण सम्पन्न भएको भन्दै सरोकारवाला पक्षहरुलाई धन्यवाद दिएका थिए ।
भारतीय राजदूत पुरीले पेट्रोलियम पाइपलाइनले नेपालको अर्थतन्त्रमा ठूलो महत्व राख्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्