२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नख्खु जेल ‘ब्रेकर’ पूर्वसांसद वीरबहादुर लामाको निधन


0
Shares

काठमाडौं । नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित ७० बर्षीय लामाको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो ।

निमोनियासमेत देखिएपछि उहाँलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । २०३३ सालमा लामासहित १५ जना राजबन्दी नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बन्नु भएका लामा २०५६ सालमा मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो