Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


केन्द्रबाट आवश्यक बजेट पाएनौं : मुख्यमन्त्री शाही


0
Shares

काठमाडौं, साउन ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारबाट आवश्यक बजेट नपाएको गुनासो गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले बजेट अभावमा जनचाहनाअनुरुप विकास निर्माणका कार्यले गति लिन नसकेको बताए ।

मुख्यमन्त्री शाहीले विद्यालय, अस्पताललगायत आधारभूत पूर्वाधारमा लगानी गरेमात्र सकारात्मक प्रतिफल हासिल गर्नसकिने धारणा राखे ।

तीन तहका सरकारबीच समन्वय नहुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको तर्क उनले गरे ।