Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


अछामका २ वडा नेपालमै पहिलो पोषणमैत्री वडा घोषणा


0
Shares

-कल्पना बोहोरा/ईमेज

अछाम । नेपालमै पहिलोपटक साँफेबगर नगरपालिकाका २ वडा पोषणमैत्री वडा घोषणा भएका छन ।

नगरपालिकाको वडा नम्वर १ बैजनाथ र वडानम्वर ६ भाग्यश्वरलाई पोषण मैत्री घोषणा गरिएको हो ।

साँफेबगर नगरपालिकामा आयोजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले पोषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपाकै पहिलो पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरे ।

पोषणमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै ७१ वटा सुचक पूरा भएपछि औपचारिक समारोहका विच दुबै वडालाई पोषणमैत्री घोषणा गरिएको जनाईएको छ ।

घोषणा कार्यक्रममा बोल्दै पुर्ब उपप्रधानमन्त्री रावलले आजका बालबालिका नै हाम्रो भविश्य भएकोले उनिहरुलाई पोषणयुक्त बनाउनुपर्ने बताए ।

घोषणालाई दिगो र टिकाउ बनाउन सबै जनप्रतिनिधिले जनताको विश्वासलाई डग्न दिन नहुनेमा जोड समेत दिए ।

घरको अन्न खाएमा शरिरलाई पोषिलो बनाउने भएकोले अमृत समान घरको अन्न खानुपर्ने बताए ।

पोषणमैत्री वडा घोषणा गरेर देशको राजधानी काठमाडौंलाई सन्देश दिएको पूर्व उपप्रधानमन्त्री बताए ।

उनले यहाँका जनताका सामाजिक अभियानलाई राज्यले साथ दिनुपर्नेमा जोड दिए ।

नगरप्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर साँफेबगर नगरपालिकाले प्रतिवद्धता गरेका कुरालाई पुरा गर्दै आएको बताए । पोषण मानवीय जिवनमा सबैभन्दा महत्वपुर्ण आवश्यकता भएकाले यस्ता अभियानलाई सवैले साथ दिनुपर्ने बताए ।

सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी पोषणमैत्री अभियानलाई सुदूरपश्चिमका ८८ वटै स्थानीय तहले यो अभियान सुरुवात गर्नुपर्नेमा जोड दिए ।