
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फलाईटका लागि आज बिहान सोलुखुम्बु पुग्नु भएको छ ।
पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ ।
जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ ।
काठमाडौं फर्किएपछि प्रधानमन्त्री ओलीसंगको भेटवार्ता लगत्तै नरवणे शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्