१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


प्रभु बैंकको ‘प्रभु इजी फोरेक्स’ एप सार्वजनिक


0
Shares

काठमाडौं, साउन ६ । प्रभु बैंकले विदेशी मुद्रा सटहीमा सहज बनाउने उद्देश्यले ‘प्रभु इजी फोरेक्स’ एप सन्चालनमा ल्याएको छ ।

बैंकले सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरी अत्याधुनिक प्रविधिसहित वैदेशिक मुद्रा सटही सुविधालाई मोबाइलमार्फत् अनलाइन आवेदन दिनसकिने एप सन्चालनमा ल्याएको जनाएको हो ।

विद्यमान झन्झटिलो प्रक्रियालाई सहज बनाउनका लागि ल्याइएको यस एप प्रविधिमैत्री, सरल र ग्राहकलाई उपयोगी हुने बैंकले जनाएको छ ।

यस एपबाट सटहीका लागि अनलाइन आवेदन गर्नसकिने छ । आवेदकले एसएमएसमार्फत् सटहीको ‘कन्फर्मेसन’ प्राप्त गर्नसक्ने छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउन्टरबाटबाटसमेत यो सुविधा सहजै प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।