सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध • Image Khabar Image Khabar


सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध


इमेजखबर
२० कार्तिक २०७७, बिहीबार १७:४५

सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

कोरोनाबाट मृत्यु भएका सिन्धुलीको कमलामाई नगरपालिका जरायोटारका ४८ वर्षीय एक पुरुषको शव कमलामाई नगरपालिकास्थित गौमती नदी दोभानमा अन्त्येष्टि गर्नेक्रममा स्थानीयले अवरोध गरेका हुन् ।

सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले कमलामाई नगरपालिकास्थित गौमती घाटमा अन्त्येष्टि गर्न लागेपनि स्थानीयले अवरोध गरेपछि सो स्थानमा शव व्यवस्थापन हुन सकेन ।

सो घाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेपनि स्थानीयले चर्को विरोध गरेपछि मृतकको शवलाई फर्काएर अन्यत्र व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्