विराटनगर, साउन ६ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचारविरूद्ध शून्यसहनशीलता अपनाउने बताएका छन् ।
सोमबार प्रदेश सरकार मातहतका कर्मचारीलाई आफ्नो कार्यालयमा बोलाएर कर्मचारी खुलेआम ठूलो रकम घुससहित पक्राउ पर्नुले लज्जाबोध भएको भन्दै उनले त्यसबाट जाने सन्देशप्रति गम्भीर बन्न आग्रह गरे ।
मुख्यमन्त्री राईले ‘सेटिङ’ मिलाएर पैसा संकलन गर्नेहरुविरुद्ध कडारुपमा उत्रने बताए ।
प्रदेश बनाउने आफ्नो अभियानमा सहयोग गर्न उनको आग्रह थियो ।
प्रदेश सरकार गठन भएको छोटो समयमा नै सरकार मातहतका उपल्लो तहका कर्मचारी घुससहित पक्राउ पर्न थालेका छन् ।








प्रतिक्रिया दिनुहोस्