अस्पताल प्रमुखसहित १२ स्वास्थ्यकर्मी संक्रमित भएपछि अर्घाखाँची अस्पतालको सेवा प्रभावित • Image Khabar Image Khabar


अस्पताल प्रमुखसहित १२ स्वास्थ्यकर्मी संक्रमित भएपछि अर्घाखाँची अस्पतालको सेवा प्रभावित


Imagekhabar
२० कार्तिक २०७७, बिहीबार १२:५८

अस्पताल प्रमुखसहित १२ स्वास्थ्यकर्मी संक्रमित भएपछि अर्घाखाँची अस्पतालको सेवा प्रभावित

अर्घाखाँची । अर्घाखाँची अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका प्रमुख कपिल गौतमलाई कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको हो ।

दुई दिनदेखि ज्वोरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखा परेपछि पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

अर्घाखाँची अस्पतालमा ४ जना चिकित्सकसहित १२ जना स्वस्थ्यकर्मी सक्रिय संक्रमित भएकाले सबैको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्