
काठमाडौं, साउन ५ । पर्यटन भ्रमण वर्ष २०२० अभियानको प्रवर्द्धनका लागि बजेट अपुग भएको सचिवालयले जनाएको छ ।
यस अभियानका लागि सरकारले यस वर्ष १० करोड रुपैयाँमात्रै छुट्याएको भन्दै अपुग हुने भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।
विश्व कीर्तिमान कायम गर्न बेलायतबाट नेपाल आएका २५ जना हकी खेलाडीलाई सम्मान गर्न आइतबार आयोजित कार्यक्रमपछि संयोजक वैद्यले यस्तो बताएका हुन् ।
भ्रमण वर्ष २०११ का लागि २० करोड छुट्याईएको भन्दै उनले अहिले छुट्याइएको बजेट त्यसको आधामात्र भएकाले थपिनुपर्ने उनको भनाइ छ ।
अध्यागमन विभागले यसै वर्षबाट लागू हुने गरि भिसा शुल्क बढाउँदा त्यसले भ्रमण वर्षलाई प्रभाव पार्ने भन्दै उनले भिसा शुल्क साविककै बनाउनुपर्ने पनि बताए ।
बेलायतबाट आएका २५ जना हकी खेलाडीले ५ हजार १९ मिटर उचाईमा रहेको मुस्ताङको लोमान्थाङमा गई हक्की खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्