१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रसस्त पानी नहुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपाइ


0
Shares

साउन । असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाइ भएको छ ।

आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् ।

सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिए ।

धनकुटामा भदौको पहिलो सातासम्म रोपाइ हुने गरेको छ ।

धनकुटाको सान्ने, कुरुले, लेगुवा, परेवादीन, बेलाहारा, भिरगाउँ बसन्तटार लगायतको क्षेत्रमा बढी मात्रामा धान खेती हुने गरेको छ ।

जिल्लामा कुल सात हजार आठ सय बीस हेक्टर क्षेत्रफलमा खेत धान खेतीको लागि उपयुक्त रहेको छ ।