१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


औद्योगिक करिडोरमा उद्योगी व्यवसायीद्वारा विरोध प्रदर्शन


0
Shares

बारा, साउन ५ । सरकारले लागु गरेको एक हजारभन्दा माथिको भुक्तानीमा प्यान अनिवार्य, ढुवानीमा लगाईएको भ्याट, भिसिटिएस लगायतका नयाँ प्रावधान खारेजीको माग गर्दै बाराको सिमरा जितपुरमा उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षबाट गरेको नयाँ व्यवस्था अव्यवहारिक रहेको भन्दै पथलैया वीरगंज औद्योगिक करिडोरमा विरोध प्रदर्शन गरिएको हो ।

जीतपुर सिमरा नगर उद्योग बाणिज्य संघको अगुवाईमा भएको विरोध कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र पेश गरेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले बताए ।