१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


निजी क्षेत्र र अर्थमन्त्रीबीच छलफल, कार्यदल बनाउने सहमति


0
Shares

काठमाडौं, साउन ५ । ढुवानी व्यवसायमा भ्याट तथा पारिश्रमिकमा अनिवार्य प्यानको विरोध गर्दै आएको निजी क्षेत्र र अर्थमन्त्री डा. युवराज खतिवडाबीच भएको वार्तामा कार्यदल गठन गर्ने सहमति भएको छ ।

अर्थ मन्त्रालयमा आज दिउँसो भएको छलफलमा चार दिनभित्र सुझावसहित प्रतिवेदन दिनेगरी कार्यदल बनाउने सहमती भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

कार्यदलमा रहनेहरु सम्बन्धमा रातिसम्म टुङ्गो लाग्ने पनि गोल्छाले बताए ।

निजी क्षेत्रले भीसीटिएस लागू हुुनु सकारात्मक भए पनि यसलाई व्यवहारिक बनाउनुपर्ने बताउँदै आएको छ । ५ हजार माथिको ज्यालामा मात्रै प्यान अनिवार्य बनाउनु पर्ने माग निजी क्षेत्रको छ ।