२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


एसओएस बालग्राम चलाउन आन्तरिक स्रोतको खोजी


0
Shares

काठमाडौं, साउन ५ । सरोकारवालाहरुले अभिभावक नभएका बालबालिकालाई हेरचाह र पठनपाठन गर्दै आएको एसओएस बालग्राम चलाउन आन्तरिक स्रोतको खोजी गर्नुपर्ने बताएका छन् ।

बालग्रामको २७ औँ वार्षिक साधारण सभामा बोल्दै उनिहरुले बाह्य स्रोतको मात्र मुख ताकेर अब एसओएस चलाउन समस्या हुने बताए । 

कार्यक्रममा बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले एसओएस बालग्रामलाई अन्तर्राष्ट्रिय सहयोग कम आउन थालेको भन्दै अब आन्तरिक स्रोतबाट मात्र चलाउन पहल गरेको बताए ।

एसओएस बालग्राम १० जिल्लामा सञ्चालनमा छ । जहाँ आमाबुबा नभएका ११ सय ९२ जना बालबालिका अध्ययनरत् छन् ।