३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कांग्रेस नेता तथा सांसद सूर्यबहादुर केसीको निधन


0
Shares

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको गएराति घरमा निधन भएको पारिवारले जनाएको छ । पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका केसी गत प्रतिनिधिसभाको चुनावमा कांग्रस प्रवेश गर्नुभएको थियो ।

केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत हुनुभएको थियो । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न ब्यापार व्यवसायमा उहाँ सफल हुनुहुन्थ्यो ।