१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


ल्हासामा रेल छ, नेपाल त बुच्चै !


0
Shares

राजन कुईकेल (तिब्बतको सिगात्सेबाट फर्केर)

काठमाडौं, साउन ५ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यकै बहुचर्चित कृति लेखे, मुनामदन । यो संसारभर रहेका नेपालीले मात्र मन पराएको होइन, स्वयं देवकोटाले आफ्ना सारा कृति जलाइदिए पनि मुनामदनचाहिं जीवित राखिदिन भनेको उनका सहपाठीहरुले अझै स्मरण गर्दैछन् । 

तिनै नेपाली साहित्यका विराट प्रतीभा देवकोटाले मुनमदनमार्फत् तात्कालीन नेपाल र भोट–तिब्बतको आर्थिक, सामाजिक, सांस्कृतिक र केही हदसम्म राजनीतिक अवस्थाको पनि चित्रण गरेका छन् । जुन बिम्व र यथार्थ देवकोटाले मुनामदन सिर्जना गर्ने बखत प्रयोग गरेका थिए, त्योभन्दा पर हाम्रो मुलुक पुग्न सकेको छैन । मुलतः नेपाली युवामा रहेको बेरोजगारीको अवस्थामा ।

गरीबी र चेतनाको सन्दर्भ पनि केही व्यक्ति, सत्तासमूह र तिनका निकट रहनेलाई छाड्ने हो भने देवकोटाले चित्रण गरेभन्दा उन्नत हुन सकेको छैन । तर उनै देवकोटाले उल्लेख गरेको भोट र तात्कालीन तिब्बतको स्वरुपमा भने कायापलट भएको छ । खासगरी विकास र गरीबी निवारणका सन्दर्भमा । 

नेपालमा एउटा उखान खुबै प्रचलनमा थियो केही वर्ष अगाडिसम्म । अहिले कत्तिको प्रयोग गरिन्छ थाहा छैन, ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ । यो उखान अहिलेका सन्दर्भमा भने रेलसँग जोड्दा उपयुक्त हुन्छ कि भनेर यो फिटोफिचर शीर्षकका लागि प्रयोग गरिएको छ । 

नेपालमा पछिल्ला वर्षमा काठमाडौंलाई उत्तरी छिमेकको चिनियाँ रेल र दक्षिणी छिमेकको भारतीय रेलले जोडेर समृद्धि ल्याउने सपना सबैजसोले बाँड्न थालेका छन् । अझ संविधान जारी गरेपछि दलहरुले यही मुद्दालाई समातेर राजनीति गर्ने र जनताको समर्थन जुटाउने प्रयास गरे, गरिरहेका छन् ।

करिब चार हजार मिटरको उचाईमा रहेको तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल नुवाकोटको बट्टार हुँदै करिब १४ सय मिटरको काठमाडौं आईपुग्न के के गर्‍यो भने सम्भव होला र कस्तो रेल काठमाडौं भित्रेला भन्नेबारेमा त अर्को खण्डमा कुरा गरौंला ।

अहिलेलाई भने ‘ल्हासामा रेल छ, नेपाल त बुच्चै ! शीर्षकका केही तस्वीर ।