Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


‘कालिमाटीको डीएसपी हुँ’ भन्दै धम्क्याएपछि…


0
Shares

काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी वृत्त कालिमाटीले विभिन्न घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–६ का बब्लु झा रहेका छन् ।

झालाई आफू महानगरीय प्रहरी वृत्त ‘कालिमाटीको डीएसपी हुँ’ भन्दै काठमाडौं महानगरपालिका–१०, बानेश्वर बस्ने चन्दु झालाई धम्क्याएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले बताउनुभयो ।

त्यसैगरी, कालिमाटी प्रहरीले आइतबार राति काठमाडौं–१४, कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको ‘एटीएम’ फोडेर पैसा लुट्ने प्रयास गरेको आरोपमा कैलालीको टीकापुर नगरपलिका–९ घर भइ बानेश्वर बस्ने १८ वर्षीय प्रज्ज्वल खाडलाइ पक्राउ गरी अनुसन्धान अघि बढाएको पनि परिसर प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।