१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं आउने सडक सुचारु


0
Shares

हेटौंडा । अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएपछि अबरुद्ध भएको हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु भएको छ ।

१० दिन अघि गएको पहिरोले अबरुद्ध भएको सडक आजबाट सुचारु भएको हो ।

इन्द्रसरोबर गाउँपालिका–२ महालक्ष्मी खोलामा आएको पहिरोले अवरुद्ध भएको यातायात पहिरो पन्छाएपछि यातायात पूर्णरुपमा सुचारू भएको हो ।

सो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथको सडक खण्डबाट हेटौंडा काठमाडौं यातायात सञ्चालन हुँदै आएको थियोे ।

हेटौंडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं आउने सडकखण्डमा पुनः पहिलो जान सक्ने भएकाले पाँच वटा डोजर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

यसैगरी पहिरोका कारण अवरुद्ध हेटौंडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली हुँदै काठमाडौं आउने सडक सञ्चालन हुन भने अझै एक हप्ता लाग्ने बताइएको छ ।