Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


म्यान्चेष्टर युनाईटेडद्वारा ईन्टर मिलान पराजित, ग्रिनउडले गरे निर्णायक गोल


0
Shares

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यान्चेष्टर युनाईटेडले ईन्टर मिलानलाई पराजित गरेको छ ।

गएराति सिंगापुरमा भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले ईटालीको ईन्टर मिलानलाई १–० ले हराएको हो ।

युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।

उता इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब सम्हालेपछि पहिलो खेलमा पराजय भोगे ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ ।

एसिया भ्रमणमा रहेका प्रिमियर लिगका टोलीहरुबीचको भिडन्तमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेस्टर सिटीलाई हराएको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रकेरमा वुल्भरह्याम्पटन ३–२ ले विजयी भयो ।

गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ ।