
काठमाडौं, साउन ४ । निजी क्षेत्रले ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य ‘प्यान’को विरोध गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसहित सरोकारवालाहरुसँग छलफल गर्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग आकस्मिक बैठक गरेसँगै व्यावहारिकरुपमा कसरी समस्या समाधान गर्ने भन्ने विषयमा पुनः आइतबार अर्थमन्त्री खतिवडाले छलफल गर्ने भएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ‘भीसीटीएस’ लागू हुुनु अत्यन्त सकारात्मक भएपनि यसलाई व्यावहारिकरुपमा लैजानुपर्ने देखिएकाले छलफल हुन लागेको बताइन् ।
आइतबारको अर्थमन्त्रीसँगको बैठकमा भीसीटीएस र प्यानको विषयमा सम्झौता हुनसक्ने उनले बताइन् ।
प्रधानमन्त्री ओलीले तत्काल बैठक राखेर व्यवसायीका समस्या समाधान गर्न निर्देशन दिएसँगै आइतबार बैठक बसेर सहमति गर्ने प्रयास अर्थ मन्त्रालयले गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्