
रौतहट, साउन ४ । रौतहटको लालबकैया नदीको छेउमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका–५, टिकुलिया निवासी ८ वर्षीया पिंकीकुमारी साह र सोही ठाउँकी ८ वर्षीया निरुताकुमारी साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घरबाट बाख्रा चराउन गएका उनीहरुको नदीछेउको जमेको पानीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो ।
उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पुर्याइएको छ ।
यस्तै, सर्लाहीको बलरा नगरपालिका–११ निवासी कुनिता देवीका चार वर्षीय छोरा अकुस पटेल रौतहटस्थित वाग्मती नदीमा डुबेर बेपत्ता भएका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्