१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


नारायणी नदीमा अब ‘मिनि’ पानीजहाज, २०० जना चढ्न मिल्ने


0
Shares

चितवन, साउन ४ । चितवनको नारायणी नदीमा ‘मिनि’ पानीजहाज सन्चालनमा आउने भएको छ ।

नेपालमै पहिलोपटक भरतपुर महानगरपालिका–१६ मा मिनि पानीजहाज सन्चालन गर्ने तयारी भइरहेको शनिबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत् जनाइएको हो ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आउँदो दसैंसम्ममा नारायणी नदीमा मिनि पानीजहाज सन्चालनमा ल्याउने तयारी गरेको हो ।

करिब ३५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पानीजहाजमा एकपटकमा २०० जनासम्मले यात्रा गर्न मिल्ने राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।