१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दलित विद्यार्थीलाई सम्मान


0
Shares

काठमाडौं, साउन ४ । नेपाल दलित आयोगले यस वर्षको एसइई परीक्षामा उत्तीर्ण दलित विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उनीहरुलाई सम्मान गरे ।

कार्यक्रममा नेता सिंहले सम्मानबाट विद्यार्थीहरुलाई शैक्षिक भविष्य अगाडि लैजान थप हौसल मिल्ने विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए ।

नेता सिंहले दलितको हक, अधिकार प्राप्तिका लागि अग्रजहरुले गरेको संघर्ष विद्याथीहरुले भुल्न नहुने बताए ।