Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


भारी वर्षाको सम्भावना


0
Shares

काठमाडौं, साउन ४ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएपनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले प्रदेश नम्बर–१, ३, ५ र गन्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । रासस