
-बिराज रोस्यारा
कैलाली । धनगढीमा भएको बम बिस्फोटमा परि ज्यान गुमाएका रामवहादुर सिंहको शव यात्रामा गएका दुई जना पक्राउ परेका छन ।
शुक्रबार मोहना आर्यघाटका लागि शवयात्रा सुरु भएकोमा यात्रामा गएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङका सिता सिंह र प्रकास जप्रेल रहेका छन ।
सिता मृतक राम सिंहकी आफन्त पनि हुन भने उनी बिप्लव माओवादी निकट महिला संगठनमा आबद्ध रहेको बुझिएको छ । यस्तै जप्रेल पनि विप्लव माओवादी निकट बिद्यार्थी नेता हुन ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले भने नियमित चेकजाँचका क्रममा दुवै जना भागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए । शुक्रबार धनगढी स्थित मोहना नदीमा सिंहको दाससंस्कार गरिएको थियो ।
मृतक सिंह आफ्नो पार्टीको कार्यकर्ता रहेको बिप्लव माओवादीले स्वीकार गरिसकेको छ भने बिस्फोटमा घाईते भएका लक्ष्मण सेरलाको सुरक्षाकर्मीको निगरानीमा धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । उनको निगरानीका लागि शसस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्