१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


पटक पटकको भुइँचालो र डुवानले गौर कारागारको संरचना कमजोर


0
Shares

रौतहट । ९० वर्ष पुरानो रौतहटको गौरस्थित कारागारको भौतिक संरचना जीर्ण बन्दै गएको छ ।

पटक पटकको भुइँचालो र डुवानले गौर कारागारको भौतिक संरचना कमजोर बनेको हो । १९८५ सालमा निर्माण भएको कारागार भवनका भित्ता चर्केर बस्नै नमिल्ने भएको छ ।

झन् यसपटकको डुवानले कैदी बन्दी अप्ठयारोमा परेका छन् । डुवानपीडितलाई राहत आउने गरे पनि जेलभित्रका कैदी बन्दीलाई बेवास्ता हुने गरेको छ ।

गौर कारागारको भित्री भाग त्रिपालले छोपिएको छ । डुवानले कैदी बन्दीको लगाउने कपडा भिजेका छन् । महिला कैदीबन्दीले सुत्नका लागि म्याट र झुलको अभाव रहेको बताएका छन् ।

खाद्यान्नसमेत भिजेकाले राहत दिनुपर्ने माग उनीहरुको छ । ९० जनाको क्षमता भएको कारागारमा २ सय ६८ भन्दा बढी कैदी बन्दी राखिएको छ ।

बाढी र डुवानपछि रौतहट आएका मधेशी आयोगका अध्यक्ष डाक्टर विजय दत्तले गौर कारागारभित्र कैदीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।